नियम ४
कोर्ट अफ इन्क्वायरीको गठन
(१) नियम ३ बमोजिम कसूर सम्बन्धी सूचना प्राड विवाकको कार्यालयमा प्राप्त भएमा वा अन्य कुनै माध्यमबाट ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिले कुनै कसूर गरेको भनी जानकारी हुन आएमा त्यस्तो कार्यालयले प्रधान सेनापति समक्ष कोर्ट अफ इन्क्वायरी गठनको लागि सिफारिस गर्नेछ ।
(२) उपनियम (१) बमोजिम सिफारिस प्राप्त भएपछि प्रधान सेनापतिले आफैँले कोर्र्ट अफ इन्क्वायरी गठन गर्न वा आवश्यकता अनुसार पृतनापति, बाहिनीपति वा युनिटपतिलाई अधिकार प्रत्यायोजन गरी कोर्ट अफ इन्क्वायरी गठन गर्न लगाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम कोर्र्ट अफ इन्क्वायरी गठन गर्दा सोको अध्यक्ष वा सदस्य सामान्यतया आरोपित व्यक्ति भन्दा तल्लो दर्जाको हुने गरी गठन गरिने छैन ।